National Identity Card-राष्ट्रिय परिचय पत्र नेपालमा कसरी बनाउने- Online वा Offline

National Identity Card-Rastriya Parichaya Patra नेपालमा कसरी बनाउने- Online वा Offline

राष्ट्रिय परिचय पत्र (National Identity Card) भनेको के हो?

राष्ट्रिय परिचय पत्र (National Identity Card) भनेको-नागरिकको व्यक्तिगत विवरणहरु समाबेस भएको एक प्रकारको प्लास्टिक वा स्मार्ट कार्ड हो। अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्न सकिने यो राष्ट्रिय परिचय पत्रमा उच्च सुरक्षा सहितको विधुतीय चिप्स (Electronic Chip) राखिएको हुन्छ।

राष्ट्रिय परिचय पत्र (National Identity Card) का विशेषताहरु

  • यसमा व्यक्तिको जैविक (Bio Metric) र जनसांख्यिकीय (Demographic) विवरणहरु समाबेस गरियको हुन्छ।
  • यसमा व्यक्तिगत विवरणहरु जस्तै :- नाम, बुबाको नाम, आमाको नाम, हजुरबुबाको नाम, ठेगाना, जन्म मिती लगायत नेपाली नागरिकतामा हुने बिबरणहरु हुन्छन।  
  • यो राष्ट्रिय परिचय पत्रमा- व्यक्तिको फोटो, आखाँको IRIS, 10 Digit Unique Number र व्यक्तिगत विवरणहरुका साथै व्यक्तिको 10 औंठाछापहरूको पनि Scan रेकर्ड हुन्छ।

आगामी दिनहरुमा, नेपल सरकारले राष्ट्रिय परिचय पत्र (National Identity Card) मा अन्य आवश्यक व्यक्तिगत विवरणहरु थप्ने छ। जस्तैः

  • भविष्यमा यो राष्ट्रिय परिचय पत्र लाई नेपाली नागरिकता, व्यक्तिगत पहिचान, मतदाता परिचयपत्र, सामाजिक सुरक्षा कार्ड को रुपमा प्रयोग गर्न सकिने छ।
  • राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्म देखि मिर्तु सम्म दर्ताहुने व्यक्तिगत विवरणहरु समाबेस गरिने छ। 
  • साथै यो राष्ट्रिय परिचय पत्र मा व्यक्तिको Driving लाइसेन्सको विवरणहरु पनि समाबेस गरिने छ।   
  • राष्ट्रिय परिचय पत्रको बिबरण हेर्न सम्बन्धित निकाय वा कार्यालय मा छुटै Reader मेसीनको बेबस्था गरिने छ।

राष्ट्रिय परिचय पत्र (National Identity Card) बनाउने ठाउँ वा सम्बन्धित कार्यालयहरु

हरेक जिल्लाका राष्ट्रिय परिचय पत्र  बनाउने ठाउँ वा सम्बन्धित कार्यालयहरु:

  • जिल्ला प्रशासन कार्यालय
  • इलाका प्रशासन कार्यालय
  • नजिकैको घुम्ती बिबरण दर्ता एकाई

यदी तपाइको घर काठमाडौँ उपत्यका भन्दा बाहिर हो तर आफ्नो कम बिषेसले गर्दा उपत्यका बाटै राष्ट्रिय परिचय पत्र बनाउनु चाहनुहुन्छ भने तल उल्लेख गरियाका कार्यलय बाट-आफ्नो जिल्ला अनुसार आवेदन दिन सक्नुहुन्छ।

बिबरण दर्ता स्थानस्थायी बसोबास भयका प्रदेश र जिल्ला
जिल्ला प्रशासन कार्यालय, ललितपुरकर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका सबै तथा मधेस प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरु।
नारायाणहिटी दरबार संग्रालय परिसरकोशी प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सबै जिल्लाहरु काठमाडौँ, भक्तपुर, ललितपुर बाहेकका बाग्मती प्रदेशका जिल्लाहरु, मदेश प्रदेशका सिराहा, महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहट जिल्लाका सेवाग्राहिहरु र राष्ट्रसेवक कर्मचारीका परिवा।
रास्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागनेपाल सरकार तथा मातहतका राष्ट्रसेवक कर्मचारी, पूर्व कर्मचारी तथा बिशिष्ट पदाधिकारी।

राष्ट्रिय परिचय पत्र (National Identity Card) बनाउदा आवश्यक पर्ने कागजातहरु

सामान्यतया राष्ट्रिय परिचय पत्र (National Identity Card) बनाउदा व्यक्तिको नागरिकतामात्र भय हुन्छ तर यदी व्यक्तिको नागरिकता नभय-व्यक्तिको पहिचान खुल्ने आरु कागजात आवश्यक पर्न सक्छ, जस्तैः

  • नेपाली नागरिकताको सक्कल प्रमाणपत्र।
  • बसाईसराई गरेको हकमा बसाईसराईको सक्कल प्रमाणतपत्र (नागरिकतामा उल्लेख भयको स्थाई ठेगाना भन्दा फरक ठेगाना भयमा)।
  • विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भयमा शोही प्रमाणपत्र आन्यथा बिवाह दर्ता, बिवाह प्रमाणितको सक्कल प्रमाणपत्र।
  • नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रामाण (जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, राहदानी, पेन्सन पट्ट)।
  • नेपाल सरकार तथा मातहतका राष्ट्रसेवक कर्मचारी भय कर्मचारी परिचयपत्रको पर्तिलिपि र पूर्व कर्मचारी भय निवृत्तभरण आधिकारपत्र वा सेवा निवृत्त कर्मचारी परिचयपत्र।
  • नेपाल सरकार तथा मातहतका राष्ट्रसेवक कर्मचारी, पूर्व कर्मचारी तथा बिशिष्ट पदाधिकारीको परिवार भय माथि उल्लिखित कागजातको अतिरिक्त कर्मचारी परिचयपत्रको पर्तिलिपि।
  • यदि माथि उल्लिखित कागजातहरु नभयमा बिबरण पुष्टि हुने आन्य कागजातहरु।

राष्ट्रिय परिचय पत्र (National Identity Card) बनाउदाका Steps हरु:

आजको समयमा-विभिन्न सरकारी र निजि कामको लागी विदेश वा सोदेश रहेका हरेक नेपाली नागरिकको लागि राष्ट्रिय परिचय पत्र अत्यन्तै आवश्यक पर्दछ। यदि तपाई पनि विदेश वा सोदेश मा रहेर Online वा Offline मार्फत राष्ट्रिय परिचय पत्र (National Identity Card) बनाउन खोजिरहेको हुनुहुन्छ भने, तल दियका Steps हरुFollow गर्नुहोला।

Step 01 :- फारम भर्ने / दरखास्त वा आवेदन दिने (Form Filling)

सेवाग्राहीले दरखास्त दिदा सम्बन्धित कार्यलयबाट उपलब्ध गराइयको फारममा आफ्नो सबै व्यक्तिगत विवरणहरु बुझिने गरि भर्नु पर्छ। तपाईले यो कार्य दुई (2) तरिकाले गर्न सक्नु हुन्छ।

पहिलो तरिका :- अफलाईन (Offline) फारम भर्ने

  • सेवाग्राही कार्यालय समयमा सम्बन्धित कार्यालय मा-शारीरिक उपस्थित (Physical Present) भई Bio- Metric दिने ठाउँमा गई हातले फारम भर्नुपर्छ।
  • फारम भर्दा निम्न बिबरणहरु अनिवार्य भर्नुपर्छ।
    • नाम र थर
    • जन्म मिति
    • लिङ्ग
    • आमा र बुबाको नाम
    • ठेगाना-स्थायी र अस्थायी
    • नागरिकताको बिबरण (जस्तैः नागरिकताको किसिम, नम्बर, जारी जिल्ला, जारी मिती आदि पर्दछन्।)
    • Mobile Number (Note: – सकेसम्म आफ्नो नागरिकता वा आफ्नो व्यक्तिगत ID मा Register भएको Mobile No. प्रयोग गर्नुहोला।)
    • हजुरबा र हजुरआमाको नाम आदि पर्दछन्।

दोस्रो तरिका :- अनलाईन (Online) फारम भर्ने

Online फारम भर्दाका चरणहरू यस प्रकारका छन:

चरण 01 – आफ्नो Mobile वा Laptop/Desktop मा कुनैपनि Browser (Google Chrome, Opera, Firefox, And Brave Etc.) खोल्नुहोस्।

चरण 02 – Browser भित्र Google Search Box खोल्नुहोस्।

राष्ट्रिय परिचय पत्र Search

चरण 03 – Google Search Box मा ‘NID Pre-Enrollment System’ Type गरि Search गर्नुहोस वा यहाँ (NID Pre-Enrollment System) Click गर्नुहोस्।

चरण 04 ‘NID Pre-Enrollment System’ को Website मा गयपछी ‘Login For Individuals’ मा Login गर्नुहोस्।

राष्ट्रिय परिचय पत्र login

चरण 05-आफ्नो Mobile No. राखी Next/Right Arrow मा Click गर्नुहोस्।

  • (Note:- सकेसम्म आफ्नो नागरिकता वा आफ्नो व्यक्तिगत ID मा Register भएको Mobile No. प्रयोग गर्नुहोला।)
राष्ट्रिय परिचय पत्र Mobile No

चरण 06- आफ्नो Mobile No. मा आयको ‘OTP’ नम्बर Enter/ Verify गर्नुहोस्।  

राष्ट्रिय परिचय पत्र OTP

चरण 07-‘New Enrollment’ Option मा Click गर्नुहोस्।  

राष्ट्रिय परिचय पत्र New Enrollment

चरण 08-Open भयका फारम हरु – जस्तैः ‘Applicant Data’, ‘Contact Details’, ‘Family Details’ सबै एक पछि अर्को गरि भर्नुहोस्।

  • (Note:- फारम भर्दा रातो asterisk(*) चिन्ह लगायका सबै Field हरु आनिवार्य भर्नै पर्ने हुन्छ।) जस्तैः
  • नाम र थर
  • जन्म मिति
  • लिङ्ग
  • आमा र बुबाको नाम
  • ठेगाना-स्थाई र अस्थाई
  • नागरिकताको बिबरण (जस्तैः नागरिकताको किसिम, नम्बर, जारी जिल्ला, जारी मिती आदि पर्दछन्।)
  • Mobile Number (Note: – सकेसम्म आफ्नो नागरिकता वा आफ्नो व्यक्तिगत ID मा Register भएको Mobile No. प्रयोग गर्नुहोला।)
  • हजुरबा र हजुरआमाको नाम आदि पर्दछन्।
राष्ट्रिय परिचय पत्र Form Field

चरण 09- ‘Appointment’ Details भर्दा आफु भयको वा जानसक्ने प्रदेश, जिल्ला, गाउँपालिका/नगरपालिका र वडा नम्बर राख्नुहोस्  साथै Bio Metric दीने स्थान र मिती राखी Search मा Click गर्नुहोस्।

राष्ट्रिय परिचय पत्र Appointment
  • (Note:- यदि ‘Appointment’ Details भर्न नमिले-आफ्नो नजिकको जिल्ला प्रशासन कार्यालयमा वा सम्बन्धित कार्यलयमा गई अफलाईन (Offline) फारम (पहिलो तरिका) भर्नुपर्ने हुन्छ।)

चरण 10- Search गरि सके पछि आफू जाने दिनको Official समय (Time Slot)Remaining Quota छानी Action मा Select गर्नुहोस्।

राष्ट्रिय परिचय पत्र Time Slot र Remaining Quota

चरण 11 अन्त्य्मा Preview’ मा रहेका आफ्ना सबै बिबरणहरु Check गरि, बेठिक भयका बिबरणहरु सच्चाउनुहोस् र यदी ठिक भयमा Submit मा Click गर्नुहोस्।  

चरण 12QR Code वा Application ID सहितको Receipt/Pdf Print लिएर-जैविक (Bio-Metric) बिबरणको लागि आफूले ‘Appointment’ लियको ठाउँ वा नजिकको जिल्ला प्रशासन कार्यालयमा जानुहोस्।

राष्ट्रिय परिचय पत्र Receipt

Step 02 :- फारम बुझाउने (Form Submission)

  • तपाईले अफलाईन (Offline) फारम भर्नु भयको भय जहाँबाट फारम लियको हो तेहीँ भुझउनुहोला।
  • यदी तपाईले अनलाईन (Online) फारम भर्नु भयको भय QR Code वा Application ID सहितको Receipt/Pdf Print लिएर-जैविक (Bio-Metric) बिबरणको लागि आफूले Appointment’ लियको ठाउँ वा नजिकको जिल्ला प्रशासन कार्यालयमा वा सम्बन्धित कार्यलयमा जानुहोस्।

Step 03 :- रुजु गराउने (To Approve)

फारम भरेर बुझाय पछि रुजु अधिकारीले-फारममा भरेका बिबरणहरु र तपाइले बुझायाक काजागतहरुको जाँच गर्छन। यसमा निम्न बिषयहरु जाँच गरिन्छ।

  • भरियका बिबरणहरु ठिक छन् वा छैनन्।
  • नागरिकता प्रमाणपत्र दुरुस्त, अष्पष्ट वा च्यातियको छ/छैन।
  • नागरिकतामा उल्लिखित जन्ममिति नेपाली/अंग्रेजी दुवै प्रस्ट उल्लेख छ/छैन वा पति, पत्नीको नाम उल्लेख, छ/छैन वा बसाई सरी आयर नागरिकता भन्दा फरक ठेगाना छ/छैन।

भने अनुसार नभयमा रुजु अधिकारीले नयाँ प्रतिलिपिवा वा आवश्यक पुष्ट्याँइका कागजात पेश गर्न पनि भन्न सक्छन।

यदि भरेका बिबरण र आवश्यक कागजात ठीक पाईएमा- रुजु अधिकारीले तोक/Signature लगाई अपरेटरकोमा बिबरण-System मा Entry गर्न पठाऊछन्।

Step 04 :- जैविक विवरणहरु दिने (Giving Bio-Metric Details)

अपरेटरकोमा तपाइको बिबरण-System मा Entry भय पछि जैविक (Bio Metric) विवरणहरु दिनु पर्छ। जस अन्तर्गत:

आँखा को आइरिस
आँखा को आइरिस
10 औला को छाप
10 औला को छाप
विधुतिया Signature
विधुतिया Signature

Step 05:- कन्फर्मेसन पृष्ठ (Conformation Page)

अपरेटरले Print गरि दियको Conformation Page मा आफ्ना सबै विवरणहरु जाँच गर्नुहोला र यदि कुन्नै बिबरण बेठिक भयमा अपरेटरलाई उही समयमा सच्याउन लगाउनुहोस्।

यसरी त्रुटि(बेठिक बिबरण) सच्यइ पुन प्राप्त भयको Conformation Page को Print मा सबै बिबरण ठिक भयपछि आफुले Conformation Page को आवेदक को ठाउँमा Signature गर्नुहोस्।

राष्ट्रिय परिचय पत्र Conformation Page Signature

तेस्पछि उक्त Conformation Page लिई रुजु अधिकारी कहाँ जानुहोस र रुजु अधिकारीबाट प्रमाणित वा Signature भय पछि अपरेटरको समेत Signature गरायारा आफूले लिनुहोस्।

  • यसरी प्राप्त भयको Conformation Page सेवाग्राहीले National Identity Card नपाउदा सम्म सुरक्षीत राखनुहोला।

Step 06:- पुष्टि एसएमएस (Confirmation SMS)

सबै बिबरणहरु ठिक भयमा-केहि दिनमानै तपाइले फारम भर्दा उपलब्ध गराउनुभएको Mobile No. मा Department Of National ID and Civil Registration (DoNIDCR) बाट National Identity Card बनेको Confirmation SMS आउछ।

प्राप्त भयको Confirmation SMS मा सेवाग्राहीको नाम र सेवाग्राहीको National Identity Card को10 अंककोNumber हुन्छ।

राष्ट्रिय परिचय पत्र Confirmation SMS

साथै National Identity Card बनिसके पछि Department Of National ID and Civil Registration (DoNIDCR) बाट सेवाग्राहीलाई शोही Mobile No. मा सूचना आउछ।

  • यसरी Confirmation SMS बाट प्राप्त भयको राष्ट्रिय परिचय पत्र (National Identity Card) को 10 अंकको नम्बर र Confirmation Page बाटनै-National Identity Card नबन्दा सम्म National Identity Card का सबै काम गर्न सकिन्छ।  
Scroll to Top